जुवा खेलिरहेको अवस्थामा विराटनगरबाट १२ जना पक्राउ
  • CIA Khabar

  • मोरङ । जुवा खेलिरहेको अवस्थामा प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१२ बाट १२ जनालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार विराटनगर–१२ स्थित संगत गीत गजलमा जुवा खेलिरहेका १२ जनालाई लाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विराटनगर बस्ने राहुल सहनी, भुवन कालाखेती, राजन पौदार, दिनेश सत्रा र सुवोध पासवानसहित १२ जना छन् ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार जुवाखालबाट २ लाख ३१ हजार नगद समेत बरामद गरिएको छ ।

    पक्राउ परेका उनीहरु विरुद्ध जुवा ऐन–२०२० अनुसार जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।

  • २५ श्रावण २०७८, सोमबार ०९:०० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images