हामी विभाजनको पक्षमा छैनौं : माधव नेपाल

‘मुन्ट्याएरै निकाल्न खोजेछन् भने अन्तिम दमसम्म लड्छौं '

  • CIA Khabar

  • फाइल फाेटाे

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् ।

    बुधबारदेखि सुरु भएको राष्ट्रिय भेलाको समापन समारोहलाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘मुन्ट्याएरै निकाल्न खोजेछन् भने अन्तिम दमसम्म लड्छौं ।’

    पार्टी नेतृत्वले कारबाही गर्ने चेतावनी लिएकोतर्फ संकेत गर्दै नेता नेपालले स्थानीय तहका जनप्रतिनिधिहरुको पद खोस्न सम्भव नभएको बताए । स्वयं व्यक्तिले दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा मात्र पद जाने भन्दै उनले अघि भने, ‘हटाउने हो भने हामीलाई हटाउने हो । हटाओस्, हामी तयार छौं ।’

    तर यो पनि त्यति सजिलो नभएको उनले बताए । आफूहरु जस्तो सुकै चुनौती सामना गर्न तयार रहेको भन्दै नेता नेपालले भने, ‘हामी जे त्याग गर्न पनि तयार छौं ।’

  • ५ चैत्र २०७७, बिहीबार १२:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images