नेपाली कांग्रेस कपिलवस्तुको एक करोड बढी लागतमा निर्माण भएको नव निर्मित भवन प्रधानमन्त्री देउवा र बरिष्ठ नेता पौडेलले उदघाटन गर्ने
  • CIA Khabar

  • कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुको तौलिहवा स्थित नव निर्मित पार्टी कार्यालय भवनको प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले संयुक्तरुपमा उदघाटन गरिने भएको छ ।

    आगामी भदौ १६ गते बिहान ९ बजे अनलाईन मार्फत एक करोड बढी लागतमा बनाइएको भवनको उदघाटन गर्ने कार्यक्रम तय भएको पार्टीका जिल्ला सभापति सुुरेन्द्रराज आचार्यले बताए । ‘ ‘ प्रधानमन्त्री देउवा र बरिष्ठ नेता पौडेलले अनलाईन मार्फत शिलालेख पढेर भववनको उदघाटन हनेछ ’ पार्टी सभापति आचार्यले भने । उदघाटन पछि सम्बोधन समेत गर्ने कार्यक्रम छ । कपिलवस्तु, बुद्धभुमी, बाणगंगा, महाराजगंज नगरपालिका लगायतको भवन निर्माणमा सहयोग गरेका छन । पार्टीको तल्लो तलमा रहेको हल सहीतको भवन निर्माण भई सकेको छ भने माथील्लो तला अझै पनि निर्माण कै क्रममा छ । भवन उदघाटन कार्यक्रममा सहभागी हुन पार्टीले आग्रह गरेको छ ।

  • १२ भाद्र २०७८, शनिबार २०:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images