आज राष्ट्रिय बाल दिवस मुलुकभर बिभिन्न कार्यक्रम आयोजना गरी मनाईंदै
  • CIA Khabar

  • काठमाडौँ। आज राष्ट्रिय बाल दिवस । मुलुकभर बिभिन्न कार्यक्रम आयोजना गरी मनाईंदैछ ।

    नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ ।

    यो वर्ष ‘सामान्य अवस्था वा कोभिड महामारी स् बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नारा तय गरिएको छ ।

    नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

    बालबालिकाको हक, हित र बाल अधिकारको शंरक्षण तथा सम्बर्धनका लागि संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धीका प्रावधान, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिबध्दता र नेपालको संबिधान र कानूनले प्रत्याभुत गरेका बालबालिकाको हक हितको कार्यान्वयन नेपाल सरकारको सर्बोच्च प्राथमिकताका बिषयहरु हुन् ।

    बाल दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका उच्च पदस्थ व्यक्तिहरुले शुभकामना दिएका छन् ।

  • २९ भाद्र २०७८, मंगलवार ०९:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images