बालबालिकालाई खोप दिलाउन सरकारले प्रयास गरिरहेकोछ -प्रधानमन्त्री देउवा
  • CIA Khabar

  • काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन सरकारले प्रयास गरिरहेको बताएका छन् ।

    ५७औं राष्ट्रिय बाल दिवसको अवसरमा सबै नेपाली बालबालिका एवं अभिभावकहरुमा शुभकामना दिँदै उनले कोभिड–१९ बाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शैयाको व्यवस्था गरिएको बताए ।

    कोभिड–१९ को नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयहरूमा थप प्रयास गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ छ । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा आत्मसाथ गरेको छ ।

    संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण तथा उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको तथा बालबालिकासम्बन्धी ऐन कानुनहरूको तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको उनले बताए । नेपालले बालअधिकार महासन्धिको पक्ष राष्ट्र भएको ३० पनि वर्ष पूरा भइसकेको छ ।

  • २९ भाद्र २०७८, मंगलवार १०:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images