१८ अंकले घट्यो शेयर बजार, ५ अर्बको कारोबार
  • CIA Khabar

  • काठमाडौँ। मंगलबार शेयर बजार नेप्से परिसूचक १८ दशमलव ५४ अंकले घटेर २,९२९ दशमलव २९ को विन्दुमा कायम भएको छ ।

    मंगलबार ४९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १३१ वटा कम्पनीको शेयर मुल्य घटेको छ । मंगलबार सबै उपसूचक घटेका छन् ।

    यस दिन २२२ वटा कम्पनीको १ करोड ६ लाख ३९ हजार ८२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको २७ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

    सानिमा लाइफ इनस्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । रैराङ हाइड्रोपावर कम्पनीका लागनीकर्ताले ५ दशमलव ०४ प्रतिशतका दरले कमाएका छन् ।

    त्यस्तै, सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ५६ प्रतिशतका दरले गुमाएका छन् । सिटिजन म्युचुअल फण्ड दुईका इकाईधनीले ३ दशमलव ७७ प्रतिशतका दरले गुमाएका छन् ।

  • २९ भाद्र २०७८, मंगलवार १८:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images