अखिल क्रान्तिकारीकाे अध्यक्षका आकांक्षीलाई प्रचण्डले बनाए पार्टीकाे केन्द्रीय सदस्य
  • CIA Khabar

  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षका आकांक्षीलाई पार्टीको केन्द्रीय सदस्य बनाएका छन् ।

    प्रचण्डले क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई चयन गरेपछि अन्य ५ जनालाई आजै देखि लागू हुनेगरी केन्द्रीय सदस्य मनोनयन गरेका हुन् ।

    प्रचण्डले खुमलटारमा विद्यार्थीका नेताहरूसँग छलफल गर्दै आकांक्षीमध्ये सिंहलाई विद्यार्थी अध्यक्ष र अन्य ५ नेतालाई पार्टी केन्द्रीय सदस्य बनाएका हुन् ।

    विद्यार्थी नेताहरूसँग छलफल गर्ने क्रममा प्रचण्डले ‘पार्टीले विधानमै ४० वर्ष उमेर नकटेका २० प्रतिशत युवालाई केन्द्रीय कमिटीमा थप गर्ने निर्णय गरेको आधारमा पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय भएको बताएका थिए ।

    प्रचण्डको यो निर्णयपछि आजकै मितिदेखि लागू हुने गरी विद्यार्थी नेताहरू सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दिपक देवकोटा र विजय गौतम माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेका छन् ।

    प्रचण्डले विद्यार्थीको सम्मेलन उद्घाटन कार्यक्रममा विधार्थी संगठनका आकांक्षी सबै नेताहरू योग्य, क्षमतावान र अनुभवी रहेका कारण उनीहरू सबैलाई केन्द्रीय कमिटीमा ल्याउने बताएका थिए ।

  • १७ आश्विन २०७८, आईतवार १३:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images