मदिरा व्यवसायी संघद्धारा स्वर्गीय लम्सालको सम्झनामा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग
  • डम्मर भट्ट

  • धनगढि ।सुदुरपश्चिम मदिरा व्यवसायी संघ समितिले कोरोनाकालको समयमा मृत्यु भएका सुदुरपश्चिम मदिरा व्यवसायी संघका सचिव नारायण लम्सालको सम्झनामा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।
    संघद्धा आयोजित दशैको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य एवम कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले मानव सेवा आश्रम धनगढीलाई खाद्यान्न हस्तान्तरण गरेका हुन् ।
    सुदुरपश्चिम मदिरा व्यवसायी संघका अध्यक्ष अशोक पाण्डेयले आफुले सचिवलाई चिनेको समय देखि नै लम्साल व्यवसायिक मात्र नभएर सामाजिक , धार्मिक , खेलकुद क्षेत्रमा समेत उल्लेख्यनिय योगदान पुर्यारयको बताए । मदिरा व्यवसायी संघलाई अघि बढाउन लम्सालको ठुलो भुमिका रहेको अध्यक्ष पान्डेयले बताउनु भईको छ । सचिव लम्सालको सम्झनामा नै मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको बताए ।

    नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य एवम कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले सामाजिक सहयोगी लम्साललाई कोरोना संक्रमण भएपछि उहाँलाई बचाउने जति प्रयास गर्दा पनि बचाउन नसकिएको बताए । लम्सालले कैलाली उद्योग वाणिज्य संघमा रहेर व्यवसायिक हकहितका पक्षमा लम्सालले काम गरेको अध्यक्ष कुवरले बताए । सुदुरपश्चिम मदिरा व्यवसायी संघले आज नै दशै, तिहार र छठको शुभकामना आदान प्रदान तथा खाद्यान्न सहयोग कार्यक्रमको आयोजना गरेको थियो । सुदुरपश्चिम मदिरा व्यवसायी संघका प्रदेश अध्यक्ष अशोक पाण्डेय ज्युको अध्यक्षतामा भएको थियो ।

  • २१ आश्विन २०७८, बिहीबार २०:५८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images