आज विवाह गर्दै सुदर्शन र सुप्रिया
  • CIA Khabar

  • काठमाडौं– एक महिना अघि इन्गेजमेन्ट गरेका निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटवालको जोडीले आज विवाह गर्दैछन् । उनीहरुले नक्सालस्थित आरण्य बुटिक होटलमा विवाह गर्न लागेका हुन् ।

    निर्देशक सुदर्शनले भदौ २१ गते आफ्नो जन्मदिनको अवसर पारेर प्रेमिका सुप्रियासँग औठी साटासाट गरेका थिए । सयभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी सुप्रिय एपीवान टेलिभिजनकी समाचारवाचिका हुन् । सुप्रियाले फिल्म ‘साढे सात’मा अभिनय गरेकी छन् ।

    निर्देशक सुदर्शन फिल्म ‘मेरो एउटा साथी छ’बाट निर्देशनमा पाइला चालेका निर्देशक हुन् । उनले ‘धन्दा’, ‘मधुमास’, ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’, ‘राम कहानी’ जस्ता फिल्म निर्देशन गरेका छन् ।

    सुदर्शनको नाम यसअघि सुष्मा कार्की र पुजा शर्मासँग जोडिने गरेको थियो । पछिल्लो समय यता सुष्मा र पुजा अलग–अलग बाटो लागिसकेका छन् ।

  • २२ आश्विन २०७८, शुक्रबार १२:१२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images