राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री देउवा
  • CIA Khabar

  • काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

    प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्ने योजनासहित राष्ट्रपतिलाई भेट्न पुगेको बताइएको छ । यता राष्ट्रपति कार्यालयले भने यो नियमित भेट भनेको छ ।

    राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ टीका ढकालका अनुसार प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् । उनले यो भेटलाई नियमित भएको जानकारी दिए ।

  • २२ आश्विन २०७८, शुक्रबार १२:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images