प्रदेश–१ को नवौँ अधिवेशन आजदेखि
  • CIA Khabar

  • विराटनगर– प्रदेश नम्बर–१ प्रदेशसभाको हिउँदे अधिवेशन आज शुरु हुँदैछ ।

    प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको नवौँ अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    नेकपा (एमाले) विभाजन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । संविधानतः यही असोज २५ गतेभित्र मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनुपर्ने प्रावधान छ । आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव भने पेस हुने छैन ।

    मुख्यमन्त्री आचार्यले तीन दिनअघि विराटनगरमा प्रदेशसभा भवन उद्घाटन गर्ने क्रममा दशैँपछि मात्र विश्वासको मत लिने जनाएका थिए ।

    विपक्षी दलले भने असोज २४ गतेअगावै विश्वासको मत लिएर नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्न माग गर्दै आएका छन् ।

    प्रदेशसभाको नयाँ भवनमा आजको बैठक बस्ने सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

  • २२ आश्विन २०७८, शुक्रबार १२:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images