माओवादीले टुंग्यायो सरकारमा सहभागी हुने मन्त्री
  • CIA Khabar

  • काठमाडौँ– सत्तारुढ नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुंग्याएको छ ।

    जसअनुसार माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्ने भएका छन् ।

    त्यस्तै शशी श्रेष्ठ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बन्ने छन् । महेश्वर गहतराज युवा तथा खेलकुदमन्त्री बन्नेछन् भने बोधमाया यादव राज्यमन्त्री बन्नेछन् ।

    माओवादीले बुधबार नै मन्त्रीहरुको नाम टुंगो लगाएको थियो, तर मन्त्रालय टुंगिएको थिएन ।

    माओवादीका एक नेताले भने, ‘अहिलेसम्म भएको मोटामोटी निर्णय यही हो । यही कार्यान्वयन होला । तर शपथ हुने बेलामा केही तलमाथी हुन सक्छ ।’

    वर्तमान सरकारमा माओवादीले पाँच मन्त्री र एक राज्यमन्त्री पाएको छ । जसमा जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीले प्रधानमन्त्रीसँगै शपथ लिएका थिए ।

  • २२ आश्विन २०७८, शुक्रबार १२:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images