ओली हठको कारण बागमती र प्रदेश १ को सरकारबाट एमाले हट्दै छ: प्रचण्ड
  • CIA Khabar

  • काठमाडौँ–   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेको राजनीति क्रमिक रूपमा सकिँदै गएको दाबी गरेका छन् ।

    पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालले शनिबार नवलपरासी (पश्चिम) स्थित पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन कार्यक्रम बोल्दै एमालेको राजनीति सकिएको बताएका हुन् ।

    एमाले अध्यक्ष केपी ओलीको हठकै कारण गण्डकी र लुम्बिनीको सरकार ढलेको पनि दाहालको तर्क छ । ‘ओलीकै हठ र घमण्डका कारण गण्डकी र लुम्बिनीको सरकार ढल्यो । २, ४ दिनमा बागमती र प्रदेश १ बाट पनि एमाले बाहिरिँदैछ,’ दाहालले भने ।

    हिन्दीमा भाषण गरेका उनले मधेसी जनताको अधिकारका लागि आफू संघर्षरत रहेको ठोकुवा गरे ।

    यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कृषि र रोजगारीलाई प्राथमिकता दिएर प्रदेश सरकारले बजेट ल्याएको बताएका छन् ।

  • २३ आश्विन २०७८, शनिबार १९:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images