वायु प्रदुषणले पार्ने असर र बच्ने उपाय
  • CIA Khabar

  • पछिल्ला केही वर्ष यता देशको राजधानी काठमाडौंसहित देशका प्रमुख शहरमा वायु प्रदुषण बढ्दै गएको छ । जसका कारण विभिन्न रोग र संक्रमणको जोखिम समेत बढेको छ ।

    वायु प्रदुषण बढ्दा बाहिर निस्कदा सास फेर्न गाह्रो हुने, रुघाखोकी लाग्ने, आँखा पोल्नेलगायतका समस्या देखा पर्दछन् । यस्तोमा बाहिर निस्कदा अनिवार्य मास्क लगाउने तथा बिना काम बाहिर निस्कनु हुदैँन ।

    किन हुन्छ वायु प्रदुषण ?

    – सवारी साधनको अत्याधिक प्रयोग गर्दा

    – फोहोरमैला जथाभावी फाल्दा

    – कलकारखाना नजिकै मानव बस्ती हुँदा

    – पुराना सवारी साधन विस्थापित गर्न नसक्दा

    – किटनाशक औषधिको प्रयोग गर्दा

    – धुँवाधुलोलाई नियन्त्रण गर्न नसक्दा

    – बढ्दो शहरीकरण

    –  आगलागीका घटना बढ्दा

    स्वास्थ्यमा पार्ने असरहरू

    – एलर्जी

    – रुघाखोकी

    – श्वासप्रश्वास सम्बन्धी संक्रमण

    – फोक्सोमा असर

    – आँखामा असर

    – निमोनिया

    – घाँटीको क्यान्सर आदि

    बच्ने उपाय

    – विद्युत शक्ति र सौर्य उर्जाको प्रयोगमा विशेष दिने

    – कलकारखाना तथा उद्योगभन्दा मानव बस्तीबाट टाढा राख्ने

    – ढल निकासको उचित व्यवस्था गर्ने

    – मानव वस्ती वरीवपरी धुँवाजन्य पदार्थहरु नजलाउने

    – व्यवस्थित शहरीकरणको विकास गर्ने

    – खोला, नाला, नदी ताल, सडकको गल्ली आदिमा फोहोरमैला नफाल्ने

  • २७ आश्विन २०७८, बुधबार ०९:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images