जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा जाने टोली गठन गर्दै सरकार
  • CIA Khabar

  • काठमाडौँ–   सरकारले जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा जाने टोली बनाउने भएको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्कटल्यान्ड ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुने प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको हो ।

    आगामी अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म आयोजना हुने सो सम्मेलनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको  नेतृत्वमा सो प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

  • १ कार्तिक २०७८, सोमबार १७:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images