महाकाली नदीको भङगालोमा फसेका एकै परिवारका ५ जनाको हेलिकप्टर मार्फत उद्धार
  • डम्मर दत्त भट्ट

  • कञ्चनपर। कञ्चनपुर जिल्ला स्थित महाकाली नदीको भङगालोमा फसेका भीमदत्त नगरपालिकाका मछेटिका एकै परिवारा ५ जनालाई १८ घण्टापछि उद्दार गरिएको हो । सोमबार मध्यरातमा महाकाली नदीको जलस्तर बृद्धिभएसंगै महाकाली नदिको भङगालो गाँउपसेपछि विचमा फसेका पुष्कर सिह नायकको ५ जना सहितको घर परिवारको उद्दार गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख उमा प्रशाद चर्तुर्वेदीले प्रहरीलाई सोमबार मध्यरातमा नायक परिवार फसेको खबर आएसंगै प्रहरीले विभिन्न निकायसंग कोड्नेशन गरेको बताए ।
    उनका अनुसार मंगलबार साँझ  ५ :३0  बजेतिर फसेको स्थानबाट नेपाली सेनाको हेलिकेप्टर मार्फत सुरक्षित स्थानतर्फ उद्दार गरिएको बताए । पुष्कर सिह नायक, शान्ति नायक, सुरज नायक, अर्जुन नायक र अशोक नायकको उद्दार गरि नजिककै बस्तीमा राखिएको छ ।

    बाँच्ने आश गुमाएका नायक परिवारलाई सरकारको पहलमा सेनाको हेलिकेप्टर मार्फत उद्दार गरेपछि उनीहरुले खुसी भएका छन् । कञ्चनपुरको दुर्गम बस्तीका रुपमा परिचित खल्लामछेट्टी जिल्लाको सदरमुकाम महेन्द्रनगरबाट झण्डै उत्तरमा ३८ किलोमिटर उत्तर क्षेत्रमा पर्छ ।

    ब्रम्हेदब बजारदेखि अझै १५ किलोमिटर उत्तरमा रहेको बस्ती बस्ती चुरेफेद महाकाली तटिय बस्ती वाढिको उच्च जोखिममा रहेको छ । खल्लामछेट्टीका स्थानीय युवा किशन सिह खड्काले दुर्गम बस्तीका नागरिक विपद्को जोखिममा पर्दा ढिलै भएपनि सरकारले उद्दार गरेको भन्दै राज्यको आभास भएको बताए । उनका अनुसार सो गाँउमा झण्डै एक सय परिवार डुवानमा परेका छन् । तटिय क्षेत्रका स्थानीय डुवानमा परेसंगै सुरक्षित उचो भागतिर सरेका छन । ब्रम्हदेबदेखि उक्त बस्ती जाने सडक समेत चुरेबाट बग्ने खोला र महाकाली नदीको भङगालोका कारण जिल्लासंग सम्बन्ध बिच्छेद भएको स्थानीय खड्काले बताए ।

  • २ कार्तिक २०७८, मंगलवार २०:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images