विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय संजालको वोर्ड सदस्यमा नेपालका सांसद गगन थापा निर्वाचित
  • CIA Khabar

  • काठमाडौँ । विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय संजालको वोर्ड सदस्यमा नेपालका सांसद गगनकुमार थापा निर्वाचित भएका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रकोष सम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको वोर्ड सदस्यमा उनी सन् २०२१ देखि २०२३ का लागि निर्वाचित भएका हुन् ।

    वोर्ड सदस्यका रुपमा उनले विश्वका १४० भन्दा बढी देशका संसदहरूसँगै समावेशी विकासका लागि काम गर्ने भएका छन् । यस अवसरलाई आफूले सिक्ने, सम्वन्ध विस्तार गर्ने र सक्दो योगदान गर्ने मौकाको रुपमा उपयोग गर्ने सांसद थापाले बताए । उनले सांसदहरुको अन्तर्राष्ट्रिय संजालको अग्रपंक्तिका लागि निर्वाचित भएको खबरले आफूलाई उत्साही बनाएको उल्लेख गर्नु भएको छ ।

    नेपाली काँग्रेसबाट उम्मेदवार भइ काठमाडौको क्षेत्र नं। ४ बाट उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनी अहिले तेस्रो पटक सांसद भएका हुन् ।

  • ४ कार्तिक २०७८, बिहीबार ०८:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images