सरकारले वाढिपीडितको समस्या समाधान गर्छ- प्रधानमन्त्री देउवा
  • डम्मर भट्ट

  • कञ्चनपुर। प्रधानमन्त्री शेर बहादुर देउवाले वाढिपीडितको पीडा सम्बोधन हुने बताएका छन । बिहीबार सुदूरपश्चिमको वाढि प्रभावित क्षेत्रको अनुगन गर्ने क्रममा कञ्चनपुरको दोधाराचाँदनीका वाढीपीडितहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पीडितको सरकारले पूर्नस्थापना गर्ने बताए । ‘वाढि पहिरोले देशभरी पीडा दिएको छ, ‘प्रधानमन्त्री देउवाले भने, ‘यहाँबाट फर्किएर पीडितको पीडा सम्बोधन हुन्छ ।’ कटान, पटान, डुवान क्षेत्रका जनताको समस्या समाधानका लागि सरकार तयार रहेको बताए।
    प्रधानमन्त्री देउवाले सत्ता साझेदारी दल माओवादीबाट अर्थमन्त्री भएका जनार्दन शर्मा(प्रभावकर), समाजवादीबाट पर्यटनमन्त्री भएका प्रेम आले मगर सहितले वाढिपीडितको संयुक्त अनुगमन गरेर काठमाण्डौँ फर्कि लगत्तै समस्या समाधान तर्फ केन्द्रीत हुने बताए । नेपाली सेनाको नाईन एन आरएम हेलिकेप्टर मार्फत बिहीबार सुदूरपश्चिमको वाढि प्रभावित क्षेत्रको भ्रमण गरेका छन ।
    दोधाराचाँदनीका मेयर बीर बहादुर सुनारले महाकाली नदी नियन्त्रणका लागि तटबन्धको माग अघि सार्दै ज्ञापन पत्र बुझाएका छन । वाढिबाट हरेक बर्ष समस्या भईरहेको भन्दै मेयर सुनारले दिर्घकालिन समस्या समाधानका लागि माग अघि सार्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन । कार्यक्रममा विभिन्न राजनीतिक दल, किसान संघ संगठनले वाढीपीडितको समस्या, महाकालीको तटबन्ध निर्माण एव राहत, पूर्नस्थापनाको माग अघि सारेर ज्ञापन पत्र बुझाएका छन ।

    नेकपा माओवादी केन्द्र दोधाराचाँदनीका नेता भरत दत्त भट्टले महाकाली नियन्त्रण दिर्घकालिन तटबन्ध निर्माणका लागि माओवादी केन्द्रका तर्फबाट ज्ञापन पत्र बुझाएको बताए ।
    नेकपा एमाले दोधाराचाँदनीका अध्यक्ष किशोर लिम्बुले वाढिपीडितको उचित व्यवस्थापन पूर्नस्थापनाका लागि ज्ञापन पत्र बुझाएको बताए । नेपाली काँग्रेसका सभापति हरि प्रशाद बोहराले कञ्चनपुरको वाढि पीडित जनताको समस्या समाधानका लागि पार्टीका तर्फबाट ज्ञापन पत्र बुझाईएको बताए । अधिकारकर्मी शारदा चन्दले निर्मलाका हत्यारा सार्वजनिकको माग अघि सारेर ज्ञापन पत्र बुझाएको बताईन । निर्मलाका हत्यारा सार्वजनिक गर्न प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको उनले बताईन । नेपाल किसान संघका केन्द्रीय सदस्य नारायण पन्तले किसानलाई उचित क्षतिपूर्ति दिनका लागि ज्ञापन पत्र बुझाएको बताए ।

  • ४ कार्तिक २०७८, बिहीबार २०:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images