एमालेको १०औँ महाधिवेशन चितवनमा हुने
  • CIA Khabar

  • काठमाडौँ– नेकपा एमालेले पार्टीको १० औँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ ।

    यसअघि विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । तर, बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिरमा तय महाधिवेशनको स्थान चितवन तोकेको हो ।

    स्थायी कमिटी सदस्य विष्णु रिमालले बिहीबारको स्थायी कमिटी बैठकबाट महाधिवेशन मूल व्यवस्थापन सिमिति ३१ सदस्यीय बनाइएको जानकारी पनि दिएका छन् ।

    एमाले महाधिवेशन १०–१२ मंसिरमा हुँदै छ ।

  • ४ कार्तिक २०७८, बिहीबार २०:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images