प्रधानमन्त्री देउवा आज २० सदस्यीय टोलीसहित बेलायत जाँदै
  • CIA Khabar

  • काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६औँ सम्मेलन (कोप-२६)मा भाग लिन आज शुक्रबार बेलायत जाँदैछन् ।

    १२ देखि २६ कात्तिकसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने कोपमा सहभागी हुन उनी २० सदस्यीय टोली लिएर बेलायत प्रस्थान गर्न लागेका हुन्।

    कोप २६ मा विश्वका राष्ट्र/सरकार प्रमुखको सहभागिता रहनेछ । गत असारमा प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवाको पहिलो विदेश भ्रमण हो ।

    टोलीमा वन तथा वातावरणमन्त्री रामसहाय यादव, वन तथा वातावरण सचिव पेमनारायण कँडेल,अर्थ सचिव मधुकुमार मरासिनी, ऊर्जा सचिव देवेन्द्र कार्की, गृह सचिव टेकनारायण पाण्डे,परराष्ट्र सचिव भरतराज पौड्याल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी पनि रहेका छन्।

    प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत(नेपाल व्यापार तथा लगानी फोरमले आायोजना गरेको स्वागत कार्यक्रममा भाग लिने कार्यक्रम छ ।

    देउवाले नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटनमा भाग लिनेछन् । नोभेम्बर १ को साँझ प्रधानमन्त्री देउवाले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले विश्वका राष्ट्र र सरकार प्रमुखहरूका लागि आयोजना गरेका रिसेप्सनमा सहभागी हुनेछन् ।

    प्रधानमन्त्री देउवा १७ कात्तिकमा नेपाल फर्कने कार्यक्रम छ ।

  • १२ कार्तिक २०७८, शुक्रबार ११:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images