कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई
  • CIA Khabar

  • काठमाडौँ –  प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई दिएका छन् । एक साताका लागि शुक्रबार बेलायतमा भ्रमणमा गएका प्रधानमन्त्री देउवाले सो अवधिका लागि गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकाहुन् ।

    विहीबार साँझ प्रधानमन्त्री देउवाले खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार दिएको पत्र राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पठाएका थिए । सरकारका मुख्यसचिव शंकरदास बैरागीले विहीबार साँझ नै राष्ट्रपतिलाई पत्र बुझाएका थिए ।

    गृहमन्त्री खाणको सचिवालयका अनुसार अहिलेसम्म राष्ट्रपति कार्यालयबाट कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रदान गरिएको पत्र प्राप्त भएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवा बेलायत प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा गृहमन्त्री खाणले सम्हाले गरी कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेकी  हुन् ।

     

  • १२ कार्तिक २०७८, शुक्रबार ११:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images