सरकार स्वतन्त्र न्यायालयको पक्षमा छ :सञ्चारमन्त्री कार्की
  • CIA Khabar

  • मोरङ -सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार स्वतन्त्र न्यायालयको पक्षमा रहेको बताएका छ्न् ।

    विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले जनताको विश्वासको धरोहर सर्वोच्च अदालतको गरिमा मजबुत बनाउन सरकार प्रतिबद्ध छ रहेको बताए।

    वर्तमान सरकार मुलुकमा स्थिरता कायम गरी दिगो विकास गर्न क्रियाशील रहेको बताउँदै मन्त्री कार्कीले सरकारले जनताको चाहनाअनुसार काम गर्नेमा जोड दिएका छन् । पत्रकारको प्रश्नको जवाफमा उनले प्रदेश नं १ को सरकारको नेतृत्व वर्तमान गठबन्धनको निर्णयअनुसार हुने स्पष्ट बताए।

  • १३ कार्तिक २०७८, शनिबार ११:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images