आइतबार सूर्यदेवको बार, यी कुरामा ध्यान दिए राम्रो हुन्छ
  • CIA Khabar

  • हिन्दू धर्मअनुसार आइतबार सूर्यदेवको बार मानिन्छ । यस दिन केहि सरल उपाय मार्फत सूर्य देवलाई प्रसन्न गर्न सकिने र जीवनका सबै समस्या समाधान गर्न सकिने धार्मीक मान्यता छ ।

    सूर्यदेवबाट प्रकाश, आरोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दुष्टहरुको निवारण हुनेछ । नवग्रह शान्ति विधानमा मात्र सूर्योपासनाबाट सबै ग्रहको शान्ति मिल्ने उल्लेख छ । किन भने सूर्यदेवलाई नौ ग्रहको मुख्य ग्रह अर्थात राजा मानिन्छ ।

    तपाईंले जीवनमा कुनै तनाव झेलिरहनु भएको छ भने सूर्यदेवलाई प्रसन्न पारेर आफ्नो सबै तनाव निवारण गर्न सक्नु हुनेछ । सूर्यदेवको कृपाबाट व्यक्तिलाई समाजमा मानसम्मान प्राप्त हुनेछ । साथै, नोकरी तथा भाग्य सम्बन्धी समस्या सूर्यको पूजाबाट टाढा हुनेछ ।

    हरेक दिन बिहान सूर्यलाई नमस्कार गरेमा बल, बुद्धि, विद्या, वैभव, तेज, ओज, पराक्रम तथा दिव्यता प्राप्त हुनेछ । आइतबारको दिन व्रतालुहरुले एक छाक मात्र खाना खानुपर्दछ । साथै खानामा नुनतेल मिसाउनु हुँदैन । व्रत बस्नेहरुले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पूजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्छ ।

    हिन्दु धर्ममा सूर्यलाई प्रत्यक्ष देव भनिन्छ । सूर्यको किरणले पृथ्वी प्रकाशमय हुने भएकाले यसलाई जीवनको आधार समेत मानिन्छ । धर्ममा देवता हुनका साथै ज्योतिष मान्यतामा सूर्य ग्रह पनि हो । यसलाई नौ ग्रह मध्ये सबैभन्दा महत्वपूर्ण मानिन्छ । त्यसैले कुण्डलीमा सूर्यको स्थिति कमजोर भए मान–सम्मान र सुख–समृद्धिमा कमी हुने मान्यता छ ।

  • १४ कार्तिक २०७८, आईतवार ११:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images