सर्वोच्चमा अर्को समूह कालो-सेतो पट्टी बाँधेर प्रदर्शनमा
  • CIA Khabar

  • काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा कालो पट्टी लगाएर विरोध भइरहेको बेला अर्को समूहले हातमा कालो र सेतो पट्टी बाँधेर छुट्टै प्रदर्शन गरेको छ ।

    नेपाल बारका केही मागमा सहमति र केहीमा असहमति भएकाले कालो र सेतो दुवै पट्टी बाँधेर प्रदर्शन गरेको उनीहरूले बताएका छन्।

    यसरी प्रदर्शन गर्नेमा कानुन व्यवसायी स्वागत नेपाल, भूमिनन्द चुँडाल लगायतका अधिवक्ताहरू छन्। न्याय क्षेत्रको भ्रष्टाचार र बेथितिविरुद्ध आफूहरू सहमत भए पनि न्याय निरुपणको हकबाट नागरिकहरू वञ्चित भएको विषयमा असहमत रहेको उनीहरूको भनाइ छ ।

  • १४ कार्तिक २०७८, आईतवार ११:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images