बेलायतमा प्रधानमन्त्री देउवासँगको भेटपछि मोदीले भने–नेपाललाई जुनसुकै बेला सहयोग गर्न भारत तयार छ
  • CIA Khabar

  • काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप– २६ को अवसरमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग बेलायतमा भेटवार्ता गरेका हुन् । भेटका अवसरमा दुई नेताबीच द्विपक्षीय पक्षीय सम्बन्धलगायका विषयमा छलफल भएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ ।

    सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालको पूर्वाधार, रेल मार्ग, पेट्रोलियम पाईप लाईन, पुर्ननिर्माणका परियोजनालगायका क्षेत्रमा भारतले गरेको सहयोगप्रति मोदीलाई धन्यवाद दिएका थिए । त्यस्तै, कोभिडबिरुद्धको खोप र अत्यावसेकीय औषधी आपूर्तीमा नेपाललाई भारतले प्रदान गरेको सहयोगप्रति पनि प्रधानमन्त्री देउवाले मोदीलाई धन्यवाद दिएका थिए ।

    विगतमा जस्तै रसायनिक मलको आपूर्तिमा भारतको निरन्तर सहयोग हुने पनि देउवाले आशा व्यक्त गरे । सो अवसरमा देउवाले महेन्द्रनगर, धनगढी, नेपालगन्ज र भैरहवाबाट थप हवाई मार्ग प्रवेशका लागि अनुमति दिन भारत सरकारसँग अनुरोध गरे ।

    जबाफमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई अझै सशक्त बनाउन थप कार्य गर्ने बताउँदै नेपाललाई आवश्यकताअनुसार पूर्ण सहयोग गर्ने आश्वासन दिएका थिए । प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्षेसँग पनि भेट गरेका थिए । भेटका अवसरमा दुई देशबीच शिक्षा र सांस्कृतिक सम्बन्ध प्रबद्र्धन गर्नेलगायतका विषयमा छलफल भएको थियो ।

  • १७ कार्तिक २०७८, बुधबार ०८:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images