रवीन्द्र मिश्रलाई बहुमत, विवेकशील साझा निर्वाचन आयोगमा अद्यावधिक
  • CIA Khabar

  • काठमाडौँ– रवीन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझा पार्टीले बहुमत प्राप्त गरेको छ ।

    मिश्रको नेतृत्वमा बसेको केन्द्रीय समिति बैठकले कायम गरेको एक सय २४ सदस्यीयलाई निर्वाचन आयोगले स्वीकार गरेको हो । मिश्रले विधानसमेत संशोधन गरेर केन्द्रीय समिति हरेफेर गरेका थिए, जुन विवरण निर्वाचन आयोगमा अद्यावधिक भएको छ ।

    पार्टीका प्रवक्ता शरदराज पाठकका अनुसार आयोगले बुधबार पत्र पठाएर विवरण अद्यावधिकबारे जानकारी गराएको हो । मिलन पाण्डे समूहले भने यो निर्णय अस्वीकार गरेको छ ।

    विवेकशील र साझा पार्टीबीच एकता गर्दा बनेको विधानमा केन्द्रीय समितिको बैठक अध्यक्ष मिश्र र संयोजक पाण्डेको सहमतिमा मात्र बस्ने उल्लेख थियो । तर, मिश्रले विधान संशोधन गरेर यो अधिकार अध्यक्षलाई मात्र दिएका थिए ।

     

  • १८ कार्तिक २०७८, बिहीबार १५:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images