काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ १६ पैसा र बिक्रीदर १२८ रुपैयाँ ७६ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७३ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ६९ पैसा र बिक्रीदर १६ रुपैयाँ ५० पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।