लेबी नबुझाए उम्मेद्वार बन्न नपाइने लमजुङ कांग्रेसको निर्णय
  • CIA Khabar

  • लमजुङ – नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा पार्टीमा लेबी नबुझाउने कार्यकर्ता उम्मेदवार बन्न पाउने छैनन् । कांग्रेस लमजुङको बैठकले पार्टीमा लेबी बुझाए मात्र उम्मेद्वारी दिन पाउने निर्णय गरेको हो ।

    बैठकले पार्टीको जिल्ला कार्यसमिति र क्षेत्रीय समितिको विभिन्न पदमा रहने पदाधिकारी एवं सदस्यले लेबी नबुझाएसम्म आगामी अधिवेशनमा कुनै पनि पदमा उम्मेदार बन्न नपाउने निर्णय गरेको जिल्ला सभापति भेषबहादुर पौडेलले बताए ।

    अधिवेशनमा क्षेत्रीय समिति, जिल्ला कार्यसमिति, प्रदेश क्षेत्रीय प्रतिनिधि वा महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्ववार बन्न अनिवार्य लेबी बुझाउनुपर्ने निर्णय भएको उनले बताए ।

    कांग्रेस लमजुङका अनुसार पार्टीमा जिल्ला कार्यसमितिमा रहेका पदाधिकारी एवं सदस्यले ५ हजारदेखि १५ हजार सम्म लेबी बुझाउनुपर्ने विधानत: प्रावधान छ भने क्षेत्रीय समिति पदाधिकारी एवं सदस्यले पनि ३ हजार रुपैयाँ लेबी तिर्नुपर्ने प्रावधान छ ।

    सो बाहेक पार्टीका तर्फबाट निर्वाचित स्थानीय तह वडा अध्यक्ष एवं वडा सदस्यले पनि पार्टीमा लेवी तिर्नुपर्ने वैधानिक प्रावधान रहेको कांग्रेसले जनाएको छ ।

  • २९ कार्तिक २०७८, सोमबार १०:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images