पाल्पा –
नेपाली काङ्ग्रेसका सदस्यको निधनमा नेपाली काङ्ग्रेस रामपुर ५ वडा कार्य समिती पाल्पाले शोकसभा गरेको छ । पार्टीका क्रियाशिल सदस्य तथा सक्रिय सदस्यका परिवारका सदस्यको निधनको दु:खमा पार्टीले शोकसभाको आयोजना गरेको हो ।
रामपुर नगरपालिका ५ दध्रान चिसापानी बस्नुहुने पुरुषोत्तम पौडेलको निधनको ९ औं दिनमा भएको शोकसभामा बोल्नुहुदै नेपाली काङ्ग्रेस पाल्पाका उपसभापति देबराज ढकालले पार्टीमा पौडेल परिवारले खेलेको भुमिका सह्रानिय रहेको बताउनुभयो । पौडेलका छोरा महेश पौडेलले स्याङ्जाबाट आएर काङ्ग्रेसको राजनितिमा बुवाको भावना अनुरुप सबै परिवारले आस्था सहित आफ्नो परिवारको तर्फबाट सधै सहकार्य गरेको बताउनुभयो । १९९६ साल असार १४ गते जन्मनुभएका पुरुषोत्तम पौडेलको ८४ बर्षको उमेरमा कार्तिक २७ गते निधन भएको थियो । पौडेलका श्रीमती, ४ छोरा/बुहारी रहनुभएको छ । नेपाली काङ्ग्रेस वडा कार्य समिति सभापति दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा चलेको शोकसभाको संचालन नेपाली काङ्ग्रेसका वडा सचिव नरेन्द्र कुमार जर्घाले गर्नुभएको हो ।
यसैगरी, नेपाली काङ्ग्रेसका क्रियाशिल परिवारका सदस्य रामपुर ५ दध्रान बस्ने हरि प्रसाद रेग्मीको निधनमा वडा नम्बर ५ वडा कार्यसमितिले शोक सभा गर्यो । बि.स. २०१६ साल असार ३ गते जन्मनुभएका रेग्मीको गत कार्तिक २९ गते ६२ बर्षको उमेरमा निधन भएको थियो ।
नेपाली काङ्ग्रेस वडा कार्य समिति सभापति दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा चलेको शोकसभामा बोल्दै नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति देवराज ढकालले संघर्ष गर्दै रेग्मी परिवारले गरेको योगदानको स्मरण गर्नुभयो । परिवारका तर्फबाट छोरा केदार रेग्मीले शोकको घडीमा सम्झने सबैलाई धन्यवाद दिनुभयो । दिवङ्गत हुनुभएका रेग्मीका श्रीमती, २ छोरा,१ बुहारी र ४ जना छोरी रहनुभएको छ । शोकसभाको संचालन नेपाली काङ्ग्रेस रामपुर ५ का वडा कार्यसमिति सचिव गोबिन भट्टराईले गर्नुभएको हो ।