सुदूरपश्चिमका पाठक द्धारा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा
  • CIA Khabar

  • धनगढी । एमाले कैलालिका युवा नेता धर्मराज पाठक नेकपा एमाले को १०औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महाधिवेशन प्रतिनिधिमा छनोट भएका पाठकले पहिलोपटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताए । २०४५ देखि विद्यार्थी राजनीतिमा सक्रिय हुँदा पाठक तत्कालिन नेकपा (माले) को अनेरास्ववियू (एकताको पाँचौँ) को धनगढीमा रहेको पञ्चोदय माध्यमिक विद्यालयको प्रारम्भिक कमिटीमा सदस्य भएका थिए ।

    २०४६ सालको जनआन्दोलनमा अनेरास्ववियूको तर्फबाट सहभागी भएका पाठक २०४८ मा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको कैलाली बहुमुखी क्याम्पसको प्रारम्भिक कमिटीको सचिव भएका थिए । २०५० देखि २०५६ सम्म विद्यार्थी राजनीतिको केन्द्रीय नेतृत्वमा रहेर काम गरेका पाठक अनेरास्ववियूको सुदूरपश्चिम इन्चार्जसमेत भएका थिए ।

    २०६२र०६३ को जनआन्दोलनमा नागरिकस्तरबाट सक्रिय सहभागिता जनाएको बताउने नेता पाठकले विभिन्न संस्थामार्फत समाज परिवर्तनका लागि काम गरेको दाबी गरेका छन्। हाल कैलालीबाट प्रतिनिधि छनोट भएका पाठकले १०औं महाधिवेशनमा सुदूरपश्चिमबाट खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् ।

     

    नेता पाठकले पार्टीलाई वैचारिक तथा संगठनात्मक हिसाबले सशक्त बनाउन तथा पार्टीले बोकेको विचार, नीति र सिद्दान्तबाट समाजवादसम्म पुग्ने मार्ग तय गर्न नेकपा एमालेको केन्द्रीय सदस्य हुन चाहेको बताए ।

    पाठकसँगै सुदूरपश्चिमबाट बैतडीका प्रदेश सभा सदस्य लिलाधर भट्ट, नेकपा एमाले कैलाली अध्यक्षका रतन थापा, डोटी अध्यक्ष चक्र मल्ल, कञ्चनपुरबाट प्रतिनिधि सभा सदस्य नरबहादुर चन्द र डाक्टर दिपकप्रसाद भट्ट र अछामका कमल तिमिल्सेनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने चर्चा चलेको छ ।

  • ९ मंसिर २०७८, बिहीबार १६:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images