सुशीला बेल्वासे भारि मतले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित
  • बिकाश भुसाल

  • काठमाडौं । कपिलवस्तुकी सुशीला बेलवासे पेसाले पत्रकार हुन् । सक्रिय पत्रकारिता गर्दागर्दै उनी पार्टी राजनीतिमा होमिएकी छन् ।

    नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि उनी कपिलवस्तु क्षेत्र नम्बर ३ बाट खुल्ला महिलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित भएकी हुन् ।

    पाँच सय ४१ मध्ये चार सय २२ मत प्राप्त गरी बेलवासे २५ जना प्रतिनिधिमध्ये सबैभन्दा धेरै मत लिई विजयी भएकी हुन् ।

    खुला कोटामा सबैभन्दा धेरे मत ल्याएर निर्वाचित हुनुले उनको लोकप्रियता कति रहेछ भन्ने पुष्टि हुन्छ । महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि बेलवासेले अब आफू कपिलवस्तुमा पार्टी सुदृढीकरणमा लाग्ने बताइन् ।

  • ९ मंसिर २०७८, बिहीबार १६:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images