नेपाली कांग्रेस कपिलवस्तुको सभापती पदमा लोकप्रिय नेता आर्चायको उमेद्धवारी
  • CIA Khabar

  • कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापती पदमा लोकप्रिय नेताका रुपमा परिचित रहनु भएका राजेश आर्चायले उमेद्धारी दिनु भएको छ । कांग्रेसको जिल्ला अधिवेशन नजिकिदै गर्दा आज आर्चायले मनोनयन दर्ता गराउनु भएको हो ।

    देउवा प्यानलबाट आर्चाय जिल्लामा बलियो उमेद्धवार बन्नु भएको छ , कपिलवस्तु क्षेत्र नं ३ का सांसंद अभिषेक प्रताव शाह, सांसद अत्तर कमाल, नेपाली कांगे्रस संसदिय दलका नेता विरेन्द्र कुमार कनोडिया,राष्ट्रिय सभा सदस्य दिर्ग नारायण पाण्डे, ,पुर्वराजदुत एवं कांग्रेस नेता दिप कुमार उपाध्याय, पाटीका पुर्व सभापती तथा कांग्रेस नेता सुधाकर पाण्डे, पुर्वमन्त्री कमलेश शर्मा, युवा नेता अजय थापा विजयनगर गांउपालिकाका प्रभावशाली नेता जानकी प्रसाद यादव लगाएतको पुर्ण सर्मथन रहेकोले दुई तिहायी मतले विजय हुने आंकलन गरिएको छ ।

    आर्चायले निस्वार्थ पुर्णरुपमा पार्टीमा योग्दान पुराउनुका साथै जिल्लामा सामाजिक क्षेत्रमा उदारणीय काम गर्दै चर्चामा आउनु भएको छ । नेपाली कांग्रेसको सक्रिय राजनितिसंगै सामाजिक सेवामा बर्षौदेखि निरन्तर रुपमा अगाडी बढ्दैै आउनु भएको छ ।

    आर्चाले दुुखी तथा विपन्न परिवार लाई गास बास र कपासको व्यवस्था गर्न र आगामी चैतमा हुने स्थानिय तहको निर्वाचनमा जिल्ला कांग्रेसमय बनाउनका लागी आफुले उमेद्धवारी दिएको बताउनु भयो ।

  • ११ मंसिर २०७८, शनिबार २१:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images