नेपाली कांग्रेस भित्र गुट र भागबण्डाको अन्त्य हुन्छ-महामन्त्री गगन थापा

एमालेबाट निर्बाचित पालिका उपाध्यक्ष सहित ४ सय ७५ जना कांग्रेसमा प्रबेश

  • प्रेमनारायण आचार्य

  • अर्घाखाँची। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेस भित्र गुट र भागबण्डाको अन्त्य गर्ने बताएका छन् । । उनले पाटी भित्रका गुट र भागबण्डाको अन्त्य गर्दै बिधान सम्मत ढंगले पाटीलाई चलाउने बताए ।
    नेपाली कांग्रेस पाणिनि गाउँपालिकाले अर्घाखाँचीको दुर्गाफाटमा गरेकोे बृहत् आमसभा तथा पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपाली कांग्रेसले गरिबीमा रहेको जनसंख्यालाई कसरी उकास्ने तथा वेराजगारीलाई कसरी रोजगारी सृजना गर्ने भन्ने दिषामा कांग्रेस अगाडी बढ्ने बताए । कतार तथा मलेसियामा गएका युवाहरुलाई रोजगारी सृजना गर्नेमा नेपाली कांग्रेसको अबको रणनीति हुने बताएका छन् ।

    महामन्त्रीमा निबार्चित भएपछि काठमाण्डौ उपत्यका बाहिरको पहिलो आमसभालाई सम्बोधन गर्दै कांग्रेस नेता थापाले स्थानीय तहको निर्बाचन बैशाखमा हुने तथा प्रदेश र संघको निर्बाचन मंसीरमै हुने भएकाले निर्बाचनको तयारीमा लाग्न कांग्रेस कार्यक्रताहरुलाई आग्रह गरे ।
    कार्यक्रमलाई संबोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक पुस्पा भुसाले केपी ओलीका कारण देश पछाडी धकेलिएको बताएन् । उनले जनताको बलीदानीबाट प्राप्त भएको संबिधान र गणतन्त्रको रक्षाका लागि नेपाली कांग्रेस पाटी जस्तोसुकै मुल्य चुकाउन पनि पछाडी नपर्ने बताइन् । उहाँले अर्घाखाँचीको विकासमा नेपाली कांग्रेसको भुमिका महत्वपुर्ण रहेको बताइन् ।

    । नेपाली कांग्रेस पाणिनिका सभापति तुल्सी पौडेलको अध्यक्षता, जिल्ला सचिव तथा पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतमको सञ्चालन र यादव प्रसाद घिमिरेको स्वागत मन्तब्यमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सञ्जय गौतम, नेपाली कांग्रेसका सह महामन्त्री विष्णु खनाल ९मुस्कान०, नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, नेविसंघका महामन्त्री युवराज पाण्डे, कांग्रेसमा प्रबेश गर्नेको तर्फबाट लक्ष्मी गौतम लगायतले मन्तब्य राख्नु भएको थियो ।
    एमालेबाट निर्बाचित पालिका उपाध्यक्ष गौतम सहित ४ सय ७५ जना कांग्रेसमा प्रबेश
    २०७४ सालको स्थानीय तहको निर्वाचनमा अर्घाखाँचीको पाणिनि गाउँपालिकामा एमालेबाट उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम सहित ४ सय ७५ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।
    नेपाली कांग्रेस पाणिनि गाउँपालिकाले दुर्गाफाटमा गरेकोे बृहत् आमसभा कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उपाध्यक्ष लक्ष्मी गौतम लगायत नेकपा एमाले र नेकपा माओवादीका द्ध सय ७५ जनालाई नेपाली कांग्रेसमा स्वागत गरेका हुन् ।
    दुर्गापाटमा भएको कार्यक्रममा नेकपा एमाले , नेकपा माओवादी लगायतका सयांै जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् । एमालेबाट निर्वाचित गौतम गाउँपालिका महासंघको केन्द्रीय सदस्य समेत रहेकी छिन् ।

    May be an image of one or more people, people standing, outdoors and crowd

     

    May be an image of one or more peopleMay be an image of 2 people, people standing and outdoors

  • १९ पुष २०७८, सोमबार १८:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images