व्यवस्थित जनस्वास्थ्य र संगठन सुधारका लागि नेफामा अञ्जनाको उमेद्वारी
  • CIA Khabar

  • काठमाडौँ – नेपाल जनस्वास्थ्य संघ (नेफा)को केन्द्रीय सदस्य(खुल्ला)मा अञ्जना खड्काले उमेद्वारी दिएकी छन। उनले महेश्वर श्रेष्ठको प्यानल (पेसागत समुह)बाट उमेद्वारी दिएकी हुन।

    जनस्वास्थ्य कर्मीले भोग्नु परेका समस्याहरु आफुले राम्रो सँग बुझेको र जनस्वास्थ्य कर्मीले भोग्नु परेका समस्याहरु समाधान गर्न, जनस्वास्थ्य संघ (नेफा)लाई सुधार गरी क्रियाशील बनाउन, पेशागत स्वास्थ्य संघसंस्था र निकाय संग समन्वय र सहकार्य गर्न साथै सबै तहमा जनस्वास्थ्य कर्मीको सहभागिता र प्रभावकारी स्वास्थ्य सेवाको सुनिश्चितताको लागि आफ्नो उमेद्वारी रहेको उनको दाबी छ।

    २०६१ सालमा मदन भण्डारी स्मृति प्रतिष्ठानबाट पि.सि.एल नर्सिङ उतिर्ण उनले आई.ओ.एम(IOM)बाट कम्युनिटी नर्सिङ गर्नुका साथै २०७३ मा जनस्वास्थ्य बिषय आई.ओ.एम(IOM) बाटै एम.पि.एच गरेकी छन। अन्जनाको जन्म झापा जिल्लाको गौरादहमा भएको थियो।

    अन्जना स्वास्थ्य सम्बन्धी हरेक क्षेत्रमा सक्रिय छिन । जनस्वास्थ्य सम्बन्धि जानकारहरु पछिल्लो समय जनस्वास्थ्य क्षेत्रमा उनको प्रभाव राम्रो रहेको बताउछन । सोही कारण महिला भएपनि खुल्ला केन्द्रीय सदस्यमा उमेद्वारी दिएको र प्रतिर्पर्धी प्यानल(प्रगतिशील समुह) बाट समेत उहालाई भोट आउने उनिहरुको दाबी छ।

    हाल काठमाडौं जिल्लामा कार्यरत अन्जनाले २०६३ देखि नेपाल सरकारका बिभिन्न स्वास्थ्य क्षेत्रमा सक्रिय रुपमा काम गरेकी छन। स्वास्थ्य सेवा विभाग र अन्तर्गतका निकायहरु देखि पाँचथर र सिन्धुपाल्चोक जस्ता दुर्गम जिल्लामा समेत काम गरेकी छन। दुर्गम क्षेत्रमा रहदा समेत उनी जनस्वास्थ्य सुदृढीकरणमा भुमिका खेल्दै आएकी छन। त्यस्तै पब्लिक हेल्थको महत्वपूर्ण अंग नेशनल हेल्थ एजुकेशन एण्ड इन्फर्मेसन सेन्टरमा समेत काम गरेकी छन।

    यतिखेर नेफाको चुनावी माहोल तातेको छ। हारजितको संभावनाको आंकलन सुरु भैसकेको छ। आगामी पौष २४ गते काठमाडौं उपत्यका र सात प्रदेशमा गरी आठवटा मतदान केन्द्रबाट नेफाको चुनाव हुदैछ। उक्त मतदानमा १८ भन्दाबढी मतदाता सहभागी हुनेछन ।

  • २० पुष २०७८, मंगलवार ११:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images