यस्ता छन् गिजरमा नुहाउँदा ध्यान दिनुपर्ने कुराहरू :
सामान्यतयाः बाथरुम सानो हुन्छ । त्यसमाथि नुहाउँदा धेरैले भेन्टिलेसन समेत बन्द गरेर नुहाउँछन् । तर यसरी नुहाउँदा ग्यासबाट उत्पादन भइरहेको कार्बनडाइअक्साइड टक्सिक लेभलमा एकदमै चाँडो पुग्छ र, मानिसलाई नुहाउँदा नुहाउँदै चक्कर लाग्ने र बेहोस हुने हुन्छ । यो बेला ढोका खोलेर बाहिर निस्कन समेत ग्राहो हुन्छ। त्यसैले नुहाउने ठाउँको भेन्टिलेटर खोलेर नुहाउनु पर्दछ । यसो गर्दा सजिलैसँग हावा प्रवाह हुन सक्छ। साथै गिजरमा नुहाउन जाँदा परिवारलाई भनेर जानु पर्दछ । ताकि कुनै अप्ठेरो भए परिवारले पनि थाहा पाउन सकुन् ।
गिजरको फाइदा :
गिजर सबैका लागि सहज र सुलभ छ । अन्य विकल्प भन्दा यो सस्तो पनि छ ।
गिजरका बेफाइदा :
गिजर प्रयोग गर्दा राम्रोसँग सावधानी अपनाउन नसकेको खण्डमा ज्यान जानेसम्मको खतरा हुन्छ । गिजरले ग्यास उत्पादन गर्छ त्यही ग्यासबाट आउने फ्युल्सहरु टक्सिक हुन्छ । त्यहाँबाट कार्बनमोनोअक्साइड र नाइट्रोअक्साइड निस्कन्छ र ज्यान पनि जान सक्छ ।