कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक : ३७ सदस्यीय कार्य सम्पादन समिति गठन
  • CIA Khabar

  • काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले कार्य सम्पादन समिति गठन गरेको छ। १४ औँ महाधिवेशनपछि बसेको यो तेस्रो केन्द्रीय कार्य समिति बैठक हो।भर्चुअल बसेको केन्द्रीय कार्य समिति बैठकले कार्य सम्पादन समिति गठन गरेको छ।

    महामन्त्री गगनकुमार थापाको प्रस्तावमा उक्त कार्य सम्पादन समिति बनाएको हो।

    नेपाली कांग्रेसको विधानको धारा २३ (१) अनुसार १३ पदाधिकारी स्वत: पदेन सदस्य  भएका छन्। धारा २३ (२) बमोजिम अन्यलाई सदस्यका रुपमा नियुक्त गर्ने व्यवस्था छ।

    जसअनुसार १३ पदाधिकारीबाहेक २४ जनाको नाम प्रस्ताव गरिएको थियो। थापाले गरेको प्रस्तावलाई बैठकले पारित गर्दै ३७ सदस्यीय कार्य सम्पादन समिति बनाएको हो।

    यी हुन् सदस्यहरु 

    पदाधिकारीबाट

    सभापति : शेरबहादुर देउवा

    उपसभापति : पूर्णबहादुर खड्का

    उपसभापति : धनराज गुरुङ

    महामन्त्री : गगन थापा

    महामन्त्री : विश्वप्रकाश शर्मा

    सहमहामन्त्री : महालक्ष्मी उपाध्याय ‘डिना’

    सहमहामन्त्री :  जीवन परियार

    सहमहामन्त्री :  भीष्मराज आङदेम्बे

    सहमहामन्त्री : किशोरसिंह राठौर

    सहमहामन्त्री :महेन्द्र यादव

    सहमहामन्त्री :फरमुल्लाह मन्सुर

    सहमहामन्त्री : उमाकान्त चौधरी

    सहमहामन्त्री :बद्री पाण्डे

    अन्य सदस्यहरु

    रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. शेखर कोइराला,  बालकुष्ण खाँण, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, सुनिलबहादुर थापा, बलबहादुर केसी,  ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जिपछिरिङ लामा, एनपी साउद, सुजाता कोइराला, जीवनबहादुर शाही र आनन्द ढुंगाना रहेका छन्।

  • १४ माघ २०७८, शुक्रबार १६:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images