जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्न गठबन्धनको सुझाव
  • CIA Khabar

  • काठमाडौँ– सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव गराउन सरकारलाई सुझाव दिएको छ ।

    आज बालुवाटारमा बसेको गठबन्धनको दोश्रो बैठकले जेठ महिनाभित्र स्थानीय चुनाव गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गर्नेछ ।

    यता, नेकपा एमालेले भने वैशाखमै चुनाव गर्न दबाब दिने उद्देश्यले कार्यक्रम घोषणाको तयारी गरेको छ ।

  • १५ माघ २०७८, शनिबार १९:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images