आज ६९ औँ विश्व कुष्ठ रोग दिवस
  • CIA Khabar

  • काठमाडौँ– आज ६९ औँ विश्व कुष्ठ रोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

    कोरोना संक्रमणको जोखिमका कारण औपचारिक कार्यक्रमहरू नगरिए पनि स्वास्थ्यसम्बद्ध निकायहरूले सामान्य रूपमा सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाएका हुन् । ‘शून्य कुष्ठ रोगका लागि हाम्रो प्रतिबद्धता, आत्म सम्मानका लागि ऐक्यवद्धता’ भन्ने नाराका साथ नेपालमा यो दिवस मनाइएको छ ।

    कुष्ठ रोग दिवस सन् १९५४ देखि विश्वभर मनाउन थालिएको हो । जनवरी महिनाको अन्तिम आइतबारका विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ । सन् २०१० मा नेपाललाई कुष्ठ रोग निवारण भएको मुलुक घोषणा गरिएको थियो । तर, पनि नयाँ बिरामी देखिने क्रम रोकिएको छैन । नेपालमा हरेक वर्ष करिब तीन हजार बिरामी थपिने गरेको सरकारी तथ्यांक छ ।

    कुष्ठ रोगको समयमै उपचार हुन नसके रोगीहरू अपाङ्ताको शिकार हुने र ज्यानसमेत जाने जोखिम हुन्छ । समयमै उपचार गराए यो रोग पूर्ण रूपमा निको हुन्छ । तर, रोग लुकाउने र घरपरिवारले पनि घरमा कोही कुष्ठ रोगी भएको बताउन नचाहने सोचका कारण पनि उल्मूलनमा बाधा उत्पन्न हुँदै आएको छ ।

    शरीरको कुनै पनि भागमा लाटो वा फुस्रो दाग देखा पर्नु, विस्तारै दागमा रौँ झरेर जानु, पसिना नआउनु र नचिलाउनु यस रोगका लक्षण हुन् ।

  • १६ माघ २०७८, आईतवार १६:०३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images