स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते
  • CIA Khabar

  • काठमाडौँ- निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने समय तोकेको छ । निर्वाचन आयोगका अनुसार उम्मेदवारी मनोनयन दर्ताका लागि दुई दिनको समय तोकिएको हो।

    उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिनेछ । उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते सकय दिइनेछ । त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ भने १७ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।

    ३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । त्यसको ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेदि मौन अवधि लागू हुनेछ ।

  • ४ चैत्र २०७८, शुक्रबार १९:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images