तोकिएकै समयमा निर्वाचन हुन्छ, लाग्नुहोस्- गृहमन्त्री खाण 
  • सीता डोटेल

  • पाल्पा-नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले तोकिएकै मितिमा निर्वाचन हुने बताउनुभएको छ । तोकिएकै समयमा निर्वाचन हुन्छ नयाँ उमेद्वार बन्नुस् राम्रालाई जिताउनुहोस् पाल्पाको रामपुर नगरपालिका कार्यालयको प्रशासनिक भवन उद्घाटन गर्नुहुदै मन्त्री खाँणले भन्नुभयो । साना दललाई पनि चुनाब चिन्ह दिइनुपर्छ, देशप्रतिको समर्पणलाई सम्बोधन गर्दै अध्याधेस ल्याएर पनि भाग लिने वातावरण बनाउनुपर्नेमा जोड दिदै उहाँले लोकतान्त्रिक मुल्य मान्यतालाई आत्मसाथ गर्दै स्थानीय चुनाबमा भाग लिनुहोस् उहाँले भन्नुभयो–वातावरण सरकारले बनाउनेछ । हिंसा र द्धन्दको अबस्थालाई बिसाएर शान्तिको मार्गमा निर्वाचनमा सबै दल आउनुहुनेछ उहाँले थप्नुभयो ।


    नेपाली काग्रेंसले जनताको पक्षमा सदैव काम गरेको बताउदै मन्त्री खाँणले काग्रेंस नेतृत्वमा आदरणीय शुशिल कोइरालाले ल्याउनुभएको संविधानले जनताको हक अधिकार प्रदान गरेको स्मरण गर्दै स्थानीय सरकारको भवनपछि थप विकास र प्रशासनिक काम चुस्त दुरुस्त हुने बताउनुभयो ।
    ३२बर्षपछि पुनः पाल्पाको रामपुर आएको बताउदै उहाँले पर्यापर्यटनको हरियालीमा अहिले घर र घडेरी बनेकोमा अब पर्यटनमा पनि उत्तिकै प्रदेश सरकारसँग मिलेर रामपुरलाई व्यवस्थित गर्न आग्रह गर्नुभयो । शहरीकरण बढेको रामपुरमा डिएसपी दरबन्दीको इलाका प्रहरी कार्यालयको स्तरबृद्धिमा अब लगत्तै आफु लाग्ने बताउनुभयो । आत्मनिर्भर रामपुरका लागि उद्यमशिलतामा प्रदेश शहरी विकास तथा पर्यटन मन्त्रालयसँगको समन्वयमा काम गर्न अनुरोध गर्नुभयो ।

    May be an image of 1 person, standing and indoor

    लुम्बिनी प्रदेशका शहरी विकास तथा पर्यटन मन्त्री डिल्ली बहादुर चौधरीले एम.सी.सी. पास गरेर प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालको भलो गरि जोगाएको बताउनुभयो । एमसीसी भनेको बिद्युत्त र बाटोको विकास हो के विकास रोक्नु? उहाँले भन्नुभयो–यो सरकारसँग अनुभव, विश्वास र क्षमता छ त्यसैले देशको विकासको लागि एक भएर भनेअनुसार सदैव प्रधानमन्त्रीले काम गर्दै जानुभएको छ । उहाँले फरक एक प्रसङ्गमा पाल्पा र रामपुर क्षेत्र पर्यटकीय र धार्मिक रुपमा अघि रहेको बताउदै रामपुरको शहरी विकासको लागि शहरीकरणका रुपमा बढेका शहरको डिपिआरलाई बजेट छुट्याएर अघि बढ्ने बताउनुभयो ।

    रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले स्थानीय सरकारको पहिलो कार्यकाल सकिनै लागेका बखत समग्र नगरपालिकामा भएका विकासका कामहरुबारे जानकारी दिदै इलाका प्रहरी कार्यालयको स्तरबृद्धि, इलाका प्रशासन र शशस्त्र प्रहरीको भवन, लालपुर्जा वितरण, नदी संरक्षण, ¥याफ्टिङ सञ्चालन,बाहुनडाडाँबाट प्याराग्लाइडिङ, रामपुर–भिमाद कालोपत्रे, हवाईमैदान लगायतका बिषयमा ध्यानाकर्षण प्रतिवेदन गृहमन्त्री खाँणलाई बुझाउनुभयो ।

    गृहमन्त्री खाँणले २०७४ साल असार ३० गते सम्झौता भएको रामपुर नगरपालिकाको ४ तले ३५ कोठे भवनको उद्घाटन गर्नुभएको हो । शिवको कन्ट्रक्सन प्रालिले ४ बर्ष लगाएर निर्माण गरेको ४७३ वर्ग मिटरमा बनेको भवनबाट नगरका बिषयगत शाखाहरुले एउटै भवनबाट सेवा दिनेछन् । यद्यपि पशु विकास र आयुर्वेदको आफ्नैै भवन छ । फरक फरक भवनबाट सेवा दिदै आएको रामपुर नगरपालिकाको एउटै भवनमा रहेका शाखाहरुबाट सेवा पाउदा नागरिकलाई सहज, सरल र छिटोछरितो हुनेछ । ५ लाख ७० लाख २७ हजार ४ सय २३ रुपँया लागतमा भवन निर्माण सम्पन्न भएको हो ।

    May be an image of 10 people, people sitting and people standing

    May be an image of 7 people and people standing

    May be an image of 5 people and people standing

  • ५ चैत्र २०७८, शनिबार २०:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images