स्थानीय तहमा सबै दल सहभागी हुनुपर्छ : गृहमन्त्री बालकृष्ण खाँण
  • CIA Khabar

  • कपिलवस्तु । गृहमन्त्री बालकृष्ण खाँणले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन सबै राजनीतिक दललाई आग्रह गरेका छन् ।

    कपिलवस्तुको चन्द्रौटामा बुधबार सशस्त्र प्रहरी बल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयको उद्घाटन गर्दै उनले मुलुकको विकासमा हातेमालो गर्दै अगाडि बढ्न सबै राजनीतिक दललाई आग्रह गरेका हुन् ।

    मन्त्री खाँणले स्थानीय निर्वाचन शान्तिपूर्ण रूपमा स्वतन्त्र र निष्पक्ष तरिकाले सम्पन्न गर्न सरकार लागिपरेको पनि बताए । नागरिकले आफूले उपयुक्त ठानेका प्रतिनिधि छान्न आवधिक निर्वाचन बेलैमा गर्न सरकार प्रतिबद्ध रहेको पनि धारणा राखे ।

    गृहमन्त्री खाँणले सशस्त्र प्रहरीका अधिकृत र जवानको लामो समयदेखि रोकिएको वृत्तिविकास सञ्चालन गर्ने तयारीमा सरकार रहेको पनि बताए । लामो समय सशस्त्र प्रहरी बलमा सेवा गरेर अवकाश भई घर फर्किदा समाज र परिवारमा कसरी सम्मानित बनाउन सकिन्छ भन्ने विषयमा सरकारले पनि ध्यान दिइरहेको उनको भनाइ छ ।

  • ९ चैत्र २०७८, बुधबार १३:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images