काठमाडौँ– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले चुनावको मुखमा दलबदल गर्नु चरम अवसरवाद भएको टिप्पणी गरेका छन् ।
अध्यक्ष भट्टराईले विचार मिल्नेसँग एकताबद्ध हुनु वा नयाँ दल गठन गर्नु स्वाभाविक भए पनि चुनावको मुखमा सत्ता स्वार्थ निम्ति दलबदल गर्नु चरम अवसरवाद भएको बताएका हुन् ।
उनले भने, ‘दल भनेको राज्य र समाजको रूपान्तरणको विचार र बाटोप्रति प्रतिवद्ध व्यक्ति र समूहको संगठित अभिव्यक्ति हो । त्यो विचार र बाटोप्रति असहमत भएपछि विचार मिल्नेसँग एकताबद्ध हुनु वा नयाँ दल गठन गर्नु स्वाभाविक हो । तर, चुनावको मुखमा सत्ता स्वार्थ निम्ति दलबदल गर्नु चरम अवसरवाद हो । यसलाई सबैले रोकौँ
यस्तो गतिविधिलाई रोक्नुपर्ने उनको भनाइ छ ।