बर्दिया राजापुरमा निर्धन उत्थान लघुवित्तद्वारा छात्रवृत्ति वितरण
  • झबिन भण्डारी

  • काठमाडौं–  निर्धन उत्थान लघुवित्त शाखा कार्यालय, राजापुरले डा. हरिहरदेव पन्त स्मृती छात्रवृति वितरण गरेको छ। काठमाडौं नक्सालमा केन्द्रीय कार्यालय रहेको संस्थाले क्षेत्रिय कार्यालय कोहलपुर अन्तर्गत शाखा कार्यालय राजापुरले माध्यामिक परीक्षामा शाखाका सदस्यहरुका छोराछोरीमध्ये सर्वोत्कृष्ट अंक प्राप्त गर्ने एक छात्रा र एक छात्रगरि दुईजना विद्यार्थीहरुलाई एक समारोहकाबीच छात्रवृत्ति हो। प्रदान गरेकोछात्रवृत्ति झबही गाउमा संचालनमा रहेको झबही महिला स्वावलम्बी केन्द्रको सदस्य पुष्पा चौधरीको छोरी बविता थारुलाई र नयांगाउमा संचालीत नयांगाउ महिला स्वावलम्बी केन्द्रको सदस्य सनस कुमारी थारुको छोरा सूरज थारुलाई जनही रु,६ हजारका दरले रु,१२ हजार छात्रवृत्ति बितरण गरिएको हो।
    कार्यक्रम सन्चालिकाको तर्फबाट निर्धन संस्थाका सहायक कंन्या कुमारी चौधरीलेले यस संस्थाको उद्देश्य गरीबीलाई दिगो रूपमा घटाउन विपन्न वर्गलाई वित्तीय सेवा र वित्तीय पहुँचको साथै वित्तीय साक्षरता, सीपमुलक तालिम, छात्रवृत्ति प्रदान तथा ब्यावसायिक साक्षरता लगायतका अन्य गैरवित्तीय सेवा पनि आवश्यक हुन्छन् भन्ने मान्यताका धनी नेपालका लघुवित्तका पिताको रूपमा सम्मानीत मौद्रिक अर्थशास्त्री डा. हरिहर देव पन्तले अङ्गालेको बाटोलाई निरन्तरता दिंदै ग्रामीण क्षेत्रका गरीब, विपन्न, असहाय, शोषित, उत्पिडित महिलाहरुको आर्थिक तथा सामाजिक विकास गर्नका लागि विभिन्न किसिमका सीप विकास तालिम, उद्यमशीलता तालिम, ब्यावसायीक तालिम,विभिन्न सेवामूलक र सचेतना मूलक कार्यक्रम संचालन गर्दै आईरहेको जानकारी भयो  । छात्रवृत्ति रकम शाखाका प्रमुख देबिराम पराजुलीले वितरण गर्नुभएको थियो वितरणको क्रममा संस्थाले प्रदान गर्ने सेवा सुविधाको वारेमा जानकारी गराउँदै हरेक शाखाअन्तर्गगतका ग्राहक सदस्यका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्ने गरेको जानकारी शाखाप्रमुख पराजुलीले गराउनुभयो।

  • २१ चैत्र २०७८, सोमबार १८:५७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images