दुर्गम स्थानको परिभाषा बदल्नुपर्छ – गृहमन्त्री खाण
  • CIA Khabar

  • म्याग्दी।गृहमन्त्री बालकृष्ण खाणले अहिलेसम्म मोटरबाटो नपुगेका वडा र गाँउलाई अति दुर्गम स्थानका रूपमा परिभाषित् गरेर त्यही अनुसारको बजेट छुट्टयाई विकास गर्ने वातावरण निर्माण गर्न पहल गर्ने बताउनुभएको छ ।
    म्याग्दीको धौलागिरी गाँउपालिका वडा नं १ को विकट गाँउ बुर्जामा शुक्रबार पुग्नुभएको गृहमन्त्री खाणले विकट स्थानलाई सुगम स्थानमा परिणत गर्न पहल गर्ने बताउनु भएको हो ।
    ‘दुर्गम स्थानको बारेमा परिभाषा बदल्न जरुरी छ । मोटरबाटो नपुगेका स्थानमा मोटरबाट नपुग्दासम्म अति दुर्गम स्थानका रूपमा परिभाषित् गरेर त्यही अनुसारको बजेट व्यवस्थापन गर्न पहल गर्नुपर्छ,’ गृहमन्त्री खाणले भन्नुभयो, ‘बुर्जा जस्ता विकट वडा र गाउँबारे थप योजना ल्याउन मन्त्रिपरिषद्, योजना आयोगसँग कुरा गर्छु ।’
    हिमालको फेदमा कडो कष्ट सहेर बसिरहेका नेपालीहरूले नेपाली भूमि, राष्ट्रियताको रक्षा गरिरहेको भन्दै उहाँले प्रशंशा गर्नुभयो । हिमाल र तराईका मुलुकको सिमानामा बसेर नेपालको भूमि, राष्ट्रियता र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने नेपालीहरूलाई सरकारले सम्मान गर्नुपर्ने उहााको भनाई थियो ।

    विकट गाँउमा मानवबस्ती भयो भनेर सुगममा सार्ने योजना ल्याउने गृहकार्यमा लाग्नु भन्दा दुर्गमलाई नै सुगम बनाउने योजना ल्याउनु उपयुक्त हुने गृहमन्त्री खाणको भनाइ थियो । ‘दुर्गम स्थानमा भयो भनेर बस्ती सार्ने होइन । विकटतामा पनि हामीले सुगमता खोज्ने योजना ल्याउने हो । नयाँ सम्भावना के हुनसक्छ, खोज्ने हो,’ गृहमन्त्री खाणले भन्नुभयो, ‘यहाँ विकट भनेर छोड्ने हो भने यहाँको भूमि, नदीनाला, र सार्वजनिक सम्पत्तिको जगेर्ना कसले गर्ने रु यही विकट स्थानलाई सुगम बनाउन सरकारले पपहल गर्छ ।’
    जिल्ला सदरमुकाम बेनीबाट २६ कोष टाढा पर्ने बुर्जामा छन्त्याल र विश्वकर्माका २५० घरधुरी छन् । अत्यधिक हिँउ पर्ने यो स्थानमा जौँ, गौँ र आलुको मात्रै खेती हुन्छ । गृहमन्त्री खाणसँग तरुण दलका अध्यक्ष विद्वान गुरुङ पनि हुनुहुन्छ ।

     

    No description available.

     

     

  • २५ चैत्र २०७८, शुक्रबार १२:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images