काठमाडौ । नेपाल प्रगतिशील प्राध्यापक संगठनको दशौं केन्द्रिय सम्मेलनबाट कैलाली बहुमुखी क्याम्पसका उप-प्राध्यापक मान बहादुर जोरा ( PhD. Scholar) केन्द्रिय सचीवमा निर्वाचित भएका छन। जोराले सुदुरपश्चिम प्रदेश इन्चार्जको समेत जिम्मेवारी पाएका छन।
जोरा लामो समय देखि प्रगतिशील प्राध्यापक संगठनमा रहेर विभिन्न जिम्मेवारी समेत समालीसकेका छन। उनी बिद्यार्थीको माझमा एक कुशल प्राध्यापकको रूपमा परिचित छन। नेपाल प्रगतिशील प्राध्यापक संगठनको दशौं राष्ट्रिय सम्मेलन यहि चैत्र २५ गते देखि २६ गते सम्म काठमाडौमा सम्मपन्न भएको छ। कार्यक्रम उद्घाटन पुर्व प्रधानमन्त्री एबं नेकपा एमाले का अध्यक्ष केपि शर्मा ओलि ले गरेका थिए ।