झरना लेख्छिन्,’हामीलाई परेको समस्या तपाईंलाई पनि पर्छ’
  • CIA Khabar

  • काठमाडौँ– अभिनेत्री तथा निर्देशक झरना थापाले आफू तोकिएको डेटबाट पछि नहट्ने बताएकी छिन् ।

    उनको प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ४’ ले विदेशी फिल्मको तुलनामा कम शो पाएको चर्चा भइ रहँदा केही दिन यता फिल्म सर्न सक्ने हल्ला पनि चलिरहेको छ । यसलाई सामाजिक सञ्जाल मार्फत प्रस्ट्याउँदै झरनाले मैदान छाडेर नभाग्ने बताएकी हुन् ।

    ‘कतिपयले हामी निर्धारित मितिबाट पछि हट्न लागेको हल्ला चलाइरहेको हामीले थाहा पायौँ । यसमा हामीलाई दुःख लागेको छ । चाहे जस्तोसुकै परिस्थिति आओस्, हामीले रोजेको र तोकेको मैदान छाडेर एकरत्ति पनि पछि हटेका छैनौँ’ झरनासँगै निर्माता रहेका उनका पति सुनिलकुमार थापाले पनि सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।

    दुबै जनाले फेसबुकमा स्टाटस लेख्दै शो विभाजनसँगै विदेशी फिल्मको दबदबालाई लिएर भोगिरहेको समस्याको बारेमा जानकारी गराएका छन् । फिल्म प्रदर्शनमा राष्ट्रवादको मुद्दाले स्थान पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ता माझ यसको चर्चा बढ्दो छ । ‘अहिले हामी विदेशी चलचित्रसँग एक्लै लड्नुपरेको छ । भोलि तपाईंले पनि लड्नुपर्ने नै छ । आज हामीलाई झम्टिने चितुवाले भोलि तपाईंलाई बाँकी राख्छ त रु’ सुनिल र झरनाले आ–आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।

  • २९ चैत्र २०७८, मंगलवार १९:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images