निर्वाचनमा सबैको सहभागिताका लागि सुरक्षा निकायले वातावरण निर्माण गर्नुपर्छ -गृहमन्त्री खाण
  • CIA Khabar

  • काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा भाग लिन अहिलेसम्म निर्वाचनमा भाग नलिएका राजनीतिक दल र सम्पूर्ण आम नागरिकलाई आग्रह गर्नुभएको छ ।
    बिहीबार सप्तरीको राजबिराजमा आयोजित सुरक्षा गोष्ठीमा गृहमन्त्री खाणले आम नागरिक र राजनीतिक दलहरूलाई निर्वाचनमा भाग लिने वातावरण निर्माण गर्न स्थानीय प्रशासन र सुरक्षा निकाय लाग्नुपर्ने बताउनु भयो ।
    ‘आवधिक निर्वाचन लोकतन्त्रमा अपरिहार्य हो । म अहिलेसम्म निर्वाचनमा भाग नलिएका राजनीतिक दललाई यो निर्वाचनमा माग लिएर नागरिकको सशक्तिकरण र विकास निर्माणको कार्यमा सहभागी हुन आग्रह गर्छु,’ गृहमन्त्री खाणले भन्नुभयो, ‘निर्वाचनमा सबैको सहभागिताका लागि स्थानीय प्रशासन र सुरक्षा निकायले वातावरण निर्माण गर्नुपर्छ ।’
    गृहमन्त्री खाणले सरकार स्थानीय तह निर्वाचन शान्तिपूर्णरूपमा स्वच्छ, निष्पक्ष र धाधलीरहित तरिकाले सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।
    सीमित स्रोत र साधनको उपयोग गरेर निर्वाचनको सुरक्षा प्रबन्धबारे सुरक्षा निकाय र स्थानीय प्रशासनले गरेको तयारी प्रशंशायोग्य रहेको भन्दै गृहमन्त्री खाणले आगामी दिनमा पनि यो भन्दा राम्रो व्यवस्थापन स्थानीय प्रशासन र सुरक्षा निकायले निर्वाचनका सन्दर्भमा गर्नेमा आफू आशावादी रहेको बताउनुभयो ।
    सुरक्षा गोष्ठीका सहभागीहरूले निर्वाचनको तयारी चुस्तदुरुस्त रूपमा आफूहरूले गरिरहेको बताएका थिए ।

  • २३ बैशाख २०७९, शुक्रबार २१:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images