आजको संसद् बैठकमा आर्थिक सर्वेक्षण पेश हुँदै
  • CIA Khabar

  • काठमाडौं – सरकारले शनिबार बस्ने संसद् बैठकमा आर्थिक सर्वेक्षण पेश गर्दै छ। शनिबार बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको छ।

    अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेश गर्नुहुने कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ।

    जेठ १५ गते अर्थात् आइतबार सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट पेश गर्दैछन्। संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट प्रस्तुत हुन्छ।

    सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। शनिबारको बैठकमा जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सकिनेछ। छलफल सकिएपछि आजै नीति तथा कार्यक्रम पारित हुनेछ।

    राष्ट्रियसभाले शुक्रबार नै नीति तथा कार्यक्रम पारित गरिसकेको छ

  • १४ जेष्ठ २०७९, शनिबार ११:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images