मौसमका कारण जहाज खोजीमा कठिनाइ, स्थल मार्गबाट सेना र प्रहरी पठाइयो
  • CIA Khabar

  • काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पर्क विहिन रहेको तार एयरको टुविन्अटर ‘नाइन एनएइटी’ जहाजको खोजी कार्यमा मौसम बाधक बनेको जनाएको छ ।

    प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै प्रतिकुल मौसमका कारण खोजीमा गएको फिस्टेल एयरको हेलिकप्टर पुनः जोमसोम फर्किएको बताएको छ ।

    तारा एयरको टुविन्अटर ‘नाइन एनएइटी’जहाज आज बिहान पोखराबाट जोमसोम जाने क्रममा सम्पर्कविहीन बनेको थियो । जहाजमा चालक दलका तीन सदस्य सहित २२ जना यात्रु रहेका छन् । जहाजमा रहेका यात्रुमा १६ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन रहेका छन् ।

    प्राधिकरणका अनुसार जहाज बिहान पोखराबाट ९ स् ५५ बजे जोमसोमको लागि उडेको थियो । जहाज अन्तिम पटक जोमसोम टावरसँग १० स् ०५ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो । सो पश्चात् विमान सम्पर्क विहीन भएको प्राधिकरणले जनाएको छ ।

    ‘काठमाडौँ, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टरहरू स्ट्यान्ड बाई रूपमा रहेकोले मौसममा सुधार आउनासाथ हवाई मार्गबाट खोज कार्य पुनः सुरु गरिनेछ । स्थल मार्गबाट खोजी कार्य गर्न नेपाली सेना र नेपाल प्रहरी समेत त्यस तर्फ प्रस्थान गरिसकेको ब्यहोरा जानकारी गराइन्छ,’ प्राधिकरणले विज्ञप्तिमा भनेको छ ।

  • १५ जेष्ठ २०७९, आईतवार १३:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images