नीति तथा कार्यक्रम गृहमन्त्री खाणको पहलमा परे तीन सुरुङमार्ग,

एकीकृत जाँचचौकी निर्माण, भैरहवा आर्थिक क्षेत्र विस्तार र भैरहवा र पोखराबाट वैदेशिक रोजगार सेवा उपलब्ध गराउने योजना

  • CIA Khabar

  • काठमाडौँ ।गृहमन्त्री बालकृष्ण खाणको पहलमा नेपाल सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गरेको नीति तथा कार्यक्रममा विभिन्न दीर्घकालिन योजना समावेश भएका छन् ।
    खाणको पहलमा नीति तथा कार्यक्रमको बुँदा नं ४३ मा सञ्चालनमा रहेको भैरहवा विशेष आर्थिक क्षेत्रलाई विस्तार गर्ने कार्यक्रम समावेश भएको छ । विशेष आर्थिक क्षेत्रमा विद्युत् विस्तार, सवस्टेशन निर्माण र अहिले रहेको ५२ विगाह् जग्गालाई १०० विघाह् पु¥याउन बजेट समावेश गर्ने कार्यक्रम नीति तथा योजनामा समेटिएको छ ।
    द्विपक्षीय व्यापार र पारवहनलाई सहज बनाउन भैरहवा र नेपालगञ्जको एकीकृत जाँचचौकी निर्माण शीघ्र सम्पन्न गर्ने योजना पनि नीति तथा कार्यक्रममा परेको छ । यो याजना बुँदा नं ४७ मा समेटिएको छ ।
    त्यस्तै गृहमन्त्री खाणको सक्रियतामा मुलुकका महत्वपूर्ण स्थानलाई जोड्ने राजमार्गको दूरीलाई घटाई छिटो पुग्ने बनाउन तीन स्थानमा सुरुङमार्ग निर्माण योजना सरकारको नीति तथा कार्यक्रममा समेटिएका छन् । उहाँको सक्रियतामा नीति तथा कार्यक्रमको बुँदा नं ६३ मा बुटवल र पाल्पा जोड्ने मार्गको सिद्धबाबामा सुरुङमार्ग निर्माण गर्न सुरु गर्ने योजना समावेश भएको छ । त्यस्तै पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको दाउन्नेमा तथा पृथ्वी राजमागको माझिमटारदेखि चितवनको शक्तिखोरसम्म सुरुङमार्ग निर्माणको पूर्वतयारी गर्ने विषय पनि समेटिएको छ ।
    यता उहाँले वैदेशिक रोजगारीमा जाने कामदारहरूले सरकारबाट पाउनु पर्ने सेवा लिन राजधानी काठमाडौँ आउनु पर्ने समस्यालाई मध्यनजरगरी सेवाको विकेन्द्रीकरणका लागि पनि पहल कदमी लिनुभएको छ । उहाँकै सक्रियतामा नीति तथा कार्यक्रमको बुँदा नं १२२ मा भैरहवा र पोखरबाट समेत वैदेशिक रोजगारसम्बन्धी सेवा उपलब्ध गराइनेछ भन्ने वाक्यांश उल्लेख भएको छ ।

  • १५ जेष्ठ २०७९, आईतवार १५:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images